Homeअनौठो कुरा१६ महिने बच्चाको ३ विश्व कीर्तिमान, गिनिज बुकमा नाम

१६ महिने बच्चाको ३ विश्व कीर्तिमान, गिनिज बुकमा नाम

एक–डेढ वर्षको बच्चाले सामान्यतया अलिअलि हिंड्ने, तोते बोली बोल्ने, राम्रोसँग खान सिक्ने गर्यो भने मख्ख परिन्छ।  चामत्कारिक कुराको त् कल्पाना पनि गरिन्न तर भारतमा एकजना बालकले १६ महिनाको उमेरमा ३ वटा विश्व कीर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाएका छन् ।

भारतको मध्यप्रदेशको रिवामा बस्ने यशस्वी मिश्रा नामका बालकले यति सानो उमेरमा निकै विशाल स्मरण क्षमता प्रदर्शन गरी वास्तविक गुगल ब्वाय भएको प्रमाणित गरेका छन् ।

उनले विश्वका १ सय ९५ वटा देश र तिनीहरुका राजधानीको नाम कण्ठ पारेर विश्व कीर्तिमान कायम गरेका छन् । यशस्वीले गिनिज बुकमा नाम लेखाएको यो पहिलो पटक भने होइन ।

यसअघि उनले १२ महिनाको उमेरमै विभिन्न २६ वटा देशका राष्ट्रिय झण्डा पहिचान गरी वर्ल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम दर्ज गराएका थिए ।

साथै यस्तो अदभूत क्षमता देखाउने विश्वको सबैभन्दा कम उमेरका बच्चाको रुपमा इन्टरनेशनल बुक अफ रेकर्डमा पनि उनको नाम दर्ज भएको छ । उनले अहिलेसम्म ३ वटा विश्व रेकर्ड आफ्नो नाममा पारिसकेका छन् ।

–एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read