Homeअनौठो कुरायी मान्छेले कुकुर बन्नका लागि खर्च गरे १८ लाख रुपैयाँ (भिडियो सहित)

यी मान्छेले कुकुर बन्नका लागि खर्च गरे १८ लाख रुपैयाँ (भिडियो सहित)

संसारमा विचित्रका मानिसहरू भेटिन्छन् । विचित्र मान्छेहरुका अनौठा सौखहरु हुन्छन। जापानमा यस्तै एक विचित्रका मानिसलाई कुकुर बन्ने सोख छ ।

टोको नामक ती व्यक्ति कुकुर बनेका छन् र आफ्नो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । यी व्यक्तिलाई बाल्यकालदेखि नै कुकुरको जस्तो जीवन बिताउन मन थियो । जापानी कम्पनी जेपेट वर्कशपले टोकोलाई कोल्ली प्रजातिको कुकुर बनाएको हो ।

कुकुर बन्नका लागि उनले लगभग १८ लाख रुपैयाँ खर्च गरे । त्यति रुपैयाँमा उनले एक कस्ट्युम किनेका हुन् । त्यो लगाएपछि उनी ठ्याक्कै कुकुर जस्तै देखिन्छन् ।

कस्ट्युम तयार पार्न लगभग ४० दिन लागेको थियो । कम्पनीलाई कस्ट्युम बनाउन निकै परिश्रम परेको थियो किनकि मान्छे र कुकुरको आकार मिल्दैन ।

क्युट देखिने हुनाले कोल्ली प्रजातिको कुकुरको कस्ट्युम बनाएको टोकोको भनाइ छ । कस्ट्युम लगाएर हातगोडा चलाउन अलि गाह्रो भए पनि धेरै चलाउनुको अर्थ पनि नभएको उनी बताउँछन् ।

एजेन्सी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read