Homeसमाचारबालेन र सुनिताको सपथ ग्रहण आज

बालेन र सुनिताको सपथ ग्रहण आज

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज बिहान ११ बजे बालेनले मुख्य निर्वाचन अधिकृतद्वारा सपथ ग्रहण गर्नेछन् र उनैले सुनितालगायत अन्य पदाधिकारीलाई सपथ ग्रहण गराउने छन्। सपथ ग्रहणलगत्तै उनीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालयमा पदबहाली गर्ने तयारी रहेकाे छ।

काठमाडाैँका ३२ वडामा प्रमुख उपप्रमुखसहित १६२ जनप्रतिनिधि हुनुपर्ने भएपनि वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मदवारी नपरेको हुनाले यस पटक कामपामा १६० जनप्रतिनिधि रहनेछन्। कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ उपप्रमुख ३५ जानको उपप्रमुखमा परेको थियो।

कामपाको ३२ वडामध्ये १९ मा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन्। वडा नम्बर १५ मा एकीकृत समाजवादीको तर्फबाट प्यानलसहित कामपाको पूर्वप्रवक्तासमेत रहेका ईश्वरमान डङ्गोल विजयी भएका छन्।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणनाकार्य ३१ गते शनिबारदेखि सुरु गरी गत शुक्रबार प्रमुख उपप्रमुखसहितको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो।

तीन लाख २४२ मतदाता रहेको कामपामा करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यलयको भनाइ छ। यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read