Homeसमाचारदुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर (हेर्नुहोस तस्वीरहरु)

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको ताराको ट्विनअटर (हेर्नुहोस तस्वीरहरु)

हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा फेला परेको प्रहरीले जनाएको हो । मुस्ताङका डिएसपी यार्सागुम्बा टिप्ने डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको बताएका छन्।

 

बिमान भेटिएको बारे नेपाली सेनाका प्रवक्त नारायण सिलवालले पनि पुष्टि गरेका छन् ।विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।यसबारेमा थप विवरण आउन बाँकी छ ।

तस्वीर: सुशील बाबु थकाली अनुरागी

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read