Homeसमाचारआज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

आज बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमी बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
जसका कारण अहिले भने देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

आज पनि बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोसम्म पानी नपर्ने तर त्यसपछि भने पहाडी जिल्लासहित मधेस प्रदेशका केही ठाउँमा समेत पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएक छन् ।

प्रिमनसुनका गतिविधि सक्रिय रहेकाले अबको केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read