Homeस्वास्थ्यके हो ‘मन्की पक्स’ ? कसरि सर्छ ? लक्षणहरू के-के हुन् ?

के हो ‘मन्की पक्स’ ? कसरि सर्छ ? लक्षणहरू के-के हुन् ?

अमेरिकामा पहिलो पटक देखा परेको ‘मन्की पक्स’ अहिले स्पेन, पोर्चुगल, क्यानडा, स्विडेन, इटाली र अस्ट्रेलियालगायतका १५ वटा देशमा फैलिएको छ । अहिलेसम्म विश्वभरमा १ सय ११ जनामा यो संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ‘मन्की पक्स’को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

के हो ‘मन्की पक्स’ ?

‘मन्की पक्स’ एक भाइरल इन्फेक्सन हो । सन् १९५८ मा पहिलो पटक एक बाँदरमा देखापरेको यो इन्फेक्सन सन् १९७० मा मानिसमा देखापरेको थियो । यो प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूमा पाइन्छ भने सन् २०१७ मा नाइजेरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखापरेको थियो । उक्त समयमा संक्रमित भएकामध्ये ७५ प्रतिशत पुरुष थिए ।

‘मन्की पक्स’ कसरी सर्छ ?
यो भाइरस बिरामीको घाउबाट निस्किएपछि आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्छ । यसबाहेक बाँदर, मूसा, न्याउरी मूसा जस्ता जनावरको टोकाइबाट वा तिनीहरूको रगत र शरीरको तरल पदार्थ छोएर पनि ‘मन्की पक्स’ सर्छ । विज्ञहरुका अनुसार राम्ररी पकाएको मासु नखाने वा संक्रमित जनावरको मासु खाँदा पनि यो रोग लाग्न सक्छ ।

अहिले कहाँबाट सुरु भयो ‘मन्की पक्स’ ?
यसको पहिलो बिरामी मे ७ मा बेलायतमा भेटिएको थियो । हाल त्यहाँ बिरामीको संख्या ९ पुगेको छ । यस्तै स्पेनमा ७ र पोर्चुगलमा ५ जनामा ​​संक्रमण पुष्टि भएको छ । अमेरिका, इटाली, स्वीडेन र अष्ट्रेलियामा ‘मन्की पक्स’ का १–१ केस छन् । यससँगै फ्रान्समा १ र क्यानडामा १३ जना शंकास्पद बिरामीमाथि अनुसन्धान भइरहेको छ ।

अहिले किन एक्कासी देखापर्‍यो ‘मन्की पक्स’ ?
लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर जिमी ह्विटवर्थले समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्तामा बताएअनुसार कोरोना महामारीका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय यात्रा बन्द गरिएको थियो । अब अचानक प्रतिबन्ध हटाएपछि मानिसहरूको अफ्रिकी देशहरूमा आवतजावत बढिरहेको कारण यो रोग फैलेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

लैङ्गिक अल्पसंख्यक समुदाय बढी जोखिममा
युके हेल्थ सेक्युरिटी एजेन्सीले बेलायतमा अहिलेसम्म भेटिएका ‘मन्की पक्स’ का अधिकांश केसहरू आफूलाई समलिङ्गी वा उभयलिंगी भनेर चिनाउने पुरुषहरू रहेको बताएको छ । यद्यपि ‘मन्की पक्स’लाई अहिलेसम्म यौनजन्य रोग मानिएको छैन । तर, यो यौन सम्पर्कबाट समलिङ्गीहरूमा फैलिन सक्ने अनुमान गरिएको छ । यसैलाई ध्यानमा राख्दै एजेन्सीले समलिङ्गी पुरुषहरूलाई पनि चेतावनीसमेत दिएको छ।

के भन्छ विश्व स्वास्थ्य संगठन ?
विश्व स्वास्थ्य संगठनका अनुसार ‘मन्की पक्स’ एक दुर्लभ रोग हो । जसको संक्रमण केही अवस्थामा गम्भीर हुनसक्छ । यस भाइरसका दुई प्रकार छन्– पहिलो कंगो स्ट्रेन र दोस्रो पश्चिम अफ्रिकी स्ट्रेन । कङ्गो स्ट्रेनको मृत्युदर १० प्रतिशत छ र पश्चिम अफ्रिकी स्ट्रेनमा मृत्युदर १ प्रतिशतमात्रै छ । संगठनका अनुसार यसको लक्षण संक्रमण भएको ५ देखि २१ औं दिनसम्म देखिन सक्छ ।

प्रारम्भिक लक्षणहरू फ्लू जस्तै हुन्छन् । जसमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ढाड दुख्ने, काँप्ने, थकान र सुन्निने जस्ता लक्षण देखा पर्छन् । यसपछि अनुहारमा दागहरू देखापर्न थाल्छन् । जुन शरीरका अन्य भागहरूमा पनि फैलिन्छ । संक्रमणको समयमा यो दाना परिवर्तन हुँदै अन्तमा चिकन पक्स जस्तै स्क्याबको रूपमा झर्छ ।

‘मन्की पक्स’को उपचार के ?
अनुसन्धानका अनुसार पानीसरा (चिकेन पक्स) को औषधि नै ‘मन्की पक्स’को लागि ८५ प्रतिशत प्रभावकारी मानिन्छ । अमेरिकाको फुड एन्ड ड्रग एसोसियसनले सन् २०१९ मा Jynneos नामक खोपलाई अनुमोदन गरेको थियो । अमेरिकामा पहिलो केस आएसँगै सरकारले १ करोड ३० लाख डोज जिन्नियोस अर्डर गरेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read