Homeसमाचारतुलसीपुर उपमहानगरपालिकाको ताजा मतपरिणाम

तुलसीपुर उपमहानगरपालिकाको ताजा मतपरिणाम

तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ।

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। मेयरमा नेकपा एमालेका टिकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउँदै लगेका छन्।

उनलेनिकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई १८ सय १३ मतले पछाडि पारेका छन्। अहिलेसम्म गणना भएको ४७ हजार ७४४ मध्ये खड्काले २० हजार ३१९ मत ल्याएर अग्रस्थानमा रहेका छन्।​ खडकाको प्रतिस्पर्धी गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन्।

यसैगरी, उपमेयरमा पनि एमालेकी स्यानी चौधरीले १९ हजार ७८० मत पाउँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले १३ हजार ७३५ मत पाएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read