Homeसमाचारकाठमाडौं महानगरमा १ लाख १६ हजार मतगणना हुँदा कसले कति पाए?

काठमाडौं महानगरमा १ लाख १६ हजार मतगणना हुँदा कसले कति पाए?

वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना चलिरहेको छ।

हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख १६ हजार ८८५ मत गणना भएका छन्। जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४१ हजार २७९ मत ल्याएर अग्रता कायमै राखेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत ल्याउँदा राप्रपा उम्मेदवार मदनदास श्रेष्ठले १ हजार ७९६ मत ल्याएका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३८ हजार ३५१ मतका साथ अग्रता कायम राख्दा उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी रामेश्वर श्रेष्ठले १३ हजार ४३१ मत प्राप्त गरेका छन्।

हाल मतगणना जारी छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read