Homeसमाचारके भावी उपमेयर सुनिताले यहि मंसिरमा लगनगाँठो कस्दैछिन् ?

के भावी उपमेयर सुनिताले यहि मंसिरमा लगनगाँठो कस्दैछिन् ?

काठमाडौंको भावी उपमेयरको दौडमा अगाडि बढेसँगै सुनिता डंगोलका विषयमा जनचासो ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उमेद्वारी दिने घोषना देखि लिएर नेकपा एमालेको तर्फबाट उममेयारमा उमेदवारीको चर्चामा उनी निकै चर्चामा रहिन।

निर्वाचन मिति अगाडी देखि मतगणना जारी रहदा सम्म उनको चर्चा अझै चुलिदो छ। निकै चर्चा चलिरहदा मिडियाले उनको निजी जीवनका विषयमा पनि निकै खोजीनीति गर्न थालेका छन् । तर, यही क्रममा कतिपय फेक न्यूजहरूले उनलाई दु:ख दिइरहेको छ ।

अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार हो- सुनिताले मंसिरमा बिहे गर्दैछिन् । केही समाचारमा त उनको भावी श्रीमान्‌को नाम र परिचयसमेत दिइएको छ । उनीहरू रिलेसनसिपमा रहेको र विवाहका लागि चाँजोपाँजो मिलाइरहेको दाबी समाचारमा गरिएको छ ।

‘मंसिरमा भोज खुवाउन लाग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले लामो हाँसोसहित यसको जवाफ दिँदादिँदा हैरान भइसकेँको बताईन। आफ्नो बिहे बिहे हुँदैछ भन्ने उनी आफैले पनि समाचारमा पढेर थाहा पाएको बताईन। कहाँबाट, कसलाई सोधेर यस्ता समाचार लेखिन्छन भन्ने बारेको उनी आफैले अनाबिग्यता प्रकट गरिन।

सुनितालाई देश-विदेशबाट फोन र म्यासेजमा कैयौंले विवाहबारे सोधिरहेका छन् । परिवारसमेत चकित परेका छन्। अस्तिसम्म मंसिर भन्ने थियो रे फेरि जेठमै भन्ने समाचार आईरहेका छन्। यद्यपि उनको यसमा ठूलो गुनासो भने छैन ।

उनी भन्छिन , ‘यो सबै मप्रतिको माया र सद्भावकै कारण हो जस्तो लाग्छ । नकारात्मकरूपमा लिएकी छैन ।’

उपमेयरको उम्मेदवार बनेदेखि नै फेसबुकदेखि टिकटकसम्म भाइरल बनेकी छिन् सुनिता । काठमाडौंको मतगणनामा अग्रस्थान कायम गरेसँगै उनको लोकप्रियताको ग्राफ उकालो लागेको छ । सामाजिक सञ्जालमा उनलाई निकै सकारात्मक कमेन्टहरू आइरहेका छन् । टिकटकमा कतिपय युवाहरूले उनको सौन्दर्य र मुस्कानको प्रशंसा गर्दै ‘नेसनल क्रस’ संज्ञा दिएका छन् ।

त्यसो त सुनिताको विवाहको उमेर भइसकेको छ । के उनी कसैसँग रिलेसनसिपमा छिन् ? उनका प्रशंसकहरूलाई चासो हुन सक्छ ? यो चासोमा उनले भनिन, ‘त्यस्तो केही पनि छैन । म अहिले रिलेसनसीपमा होइन इलेक्सनसिपमा नै बिजी छु,’।

नेपाल प्रेसको सहयोगमा

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read