Homeसमाचारतुलसीपुर उपमहानगरको ताजा मतपरिणाम

तुलसीपुर उपमहानगरको ताजा मतपरिणाम

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

३५ हजार एक सय ७५ मत गणना गर्दा मेयरमा एमालेका टीकाराम खड्का ८११ मतान्तरले अगाडि छन्। खड्काले १५४०५ मत प्राप्त गरेका छन्।

त्यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १४५९४ मत प्राप्त गरेका छन्।

यहाँ उपमेयरमा एमालेकी श्यानी चौधरीले १४६१५ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १०८९२ मत प्राप्त गरेका छन्। चौधरी रानाभन्दा ३७२३ मतान्तरले अगाडि छिन्।

१९ वडा रहेको तुलसीपुरमा अहिले वडा नम्बर १० र ११ को गणना चलिरहेको छ। तुलसीपुर वडा नम्बर १ र ४ गठबन्धनबाट माओवादी तथा २, ३, ६ र ८ मा एमाले र वडा नम्बर ५, ९ मा कांग्रेसले जितेका छन्।

तुलसीपुरमा झन्डै ७४ हजार मत खसेको छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read