Homeफिल्मतौल कम गराउन शल्यक्रिया गर्दा अभिनेत्रीको ज्यान गयो

तौल कम गराउन शल्यक्रिया गर्दा अभिनेत्रीको ज्यान गयो

भारतको साउथ इन्डियन फिल्म उद्योग अन्तर्गत पर्ने कन्नडा अभिनेत्री चेतना राजको निधन भएको छ ।

२१ वर्षकी चेतनाको बेंगलुरको एक निजी अस्पतालमा निधन भएको हो । भारतीय मिडियाका अनुसार केही दिन अघि उनले तौल कम गराउन शल्यक्रिया गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो ।

भारतीय मिडियाका अनुसार उनले आफ्नो शल्यक्रियाबारे आमा- बुबालाई भनेकी थिइनन् र आफ्नो साथीलाई लिएर शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी थिइन् ।

शल्यक्रियापश्चात् नायिकाको शरीरमा केही समस्या हुन थाल्यो र उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो । नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरे ।

कन्नडा टेलीफिल्ममा काम गर्ने क्रममा कसैले चेतनालाई वजन बढेको र त्यसलाई घटाउनु पर्ने सल्लाह दिएका थिए । उनी आफ्नो बढेको बोसो कम गर्नका लागि शेट्टी अस्पताल पुगेकी उनका ठूलोबुबाले बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार चेतनाको गत सोमबार कस्मेटिक सर्जरी अस्पतालमा लिपोसक्सन गरिएको थियो । लिपोसक्सन शरीरको अतिरिक्त वोसो हटाउने प्रक्रिया हो । चिकित्सकहरुले लिपोसक्सनको बारेमा गंभीर चिन्ता व्यक्त गरेका छन् । लिपोसक्सनको कारण फोक्सोमा बोसो ग्लोब्युल पस्न सक्ने चिकित्सकहरु बताउँछन् ।

खासगरी लिपोसक्सन एक चिकित्सा विधी हो, जसको माध्यामबाट चिकित्सकले शरीरका ती भागहरुबाट मोटोपन घटाउँछन् जहाँ यसलाई सार्न सकिदैन । जस्तै, तिघ्रा, नितम्ब, पेट । यसको परिणाम लामो समयसम्म रहन्छ । तर, अहिले यसको साइड इफेक्टलाई हेरेर भनिएको छ, लिपोसक्सनले कहिलेकाहीँ गलत परिणाम दिन्छ ।

बिबिसीबाट

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read