Homeसमाचारभरतपुरमा दाहालको कति छ अग्रता?

भरतपुरमा दाहालको कति छ अग्रता?

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी छन् ।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन्। दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन् । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नं ३ मा एमाले विजयी भएको छ । वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ ।

मतगणना जारी छ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read