Homeसमाचारकाठमाडौँ महानगरपालिकाको ताजा मतपरिणाम ( बेलुका ९:४५ को अपडेट )

काठमाडौँ महानगरपालिकाको ताजा मतपरिणाम ( बेलुका ९:४५ को अपडेट )

गत वैशाख ३० गते सम्पन्न स्थानिय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका बिभिन्न स्थानीय तहरुको मतपरिणाम आईरहदा काठमाडौँ महानगरपालिकाको मतपरिणामलाई बिशेष चासो सहित देशैभरबाट हेरिएको ।

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र तर्फबाट बालेन्द्र शाह (बालेन) , नेकपा एमालेको तर्फबाट केशव स्थापित त्यसैगरी गठबन्धनको साझा उमेद्वार नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह लगाएत ५० भन्दा बढी उमेद्वारले प्रतिस्पर्धा गरिरहेका छन्।

सुरुवाती देखि नै अग्रता लिइरहेका काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा निकै अगाडि छन् ।

ताजा मत परिणाम अनुसार वालेनले हालसम्म १३,१८९ मत प्राप्त गरेका छन्, भने केशव स्थापितले ७,१०६ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ६,२४७ मत प्राप्त गरेकी छन् ।

यो मत संगै बालेनले स्थापित संग ६ हजार ८३ मत को अग्रता कायम गरेका छन् भने सिर्जना संग ६ हजार ९४२ मतको अग्रता कायम गरेका छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४,५, ६ ,२९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना जारी छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read