गत वैशाख ३० गते सम्पन्न स्थानिय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका बिभिन्न स्थानीय तहरुको मतपरिणाम आईरहदा काठमाडौँ महानगरपालिकाको मतपरिणामलाई बिशेष चासो सहित देशैभरबाट हेरिएको ।
काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र तर्फबाट बालेन्द्र शाह (बालेन) , नेकपा एमालेको तर्फबाट केशव स्थापित त्यसैगरी गठबन्धनको साझा उमेद्वार नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह लगाएत ५० भन्दा बढी उमेद्वारले प्रतिस्पर्धा गरिरहेका छन्।
सुरुवाती देखि नै अग्रता लिइरहेका काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा निकै अगाडि छन् ।
ताजा मत परिणाम अनुसार वालेनले हालसम्म ११,६३२ मत प्राप्त गरेका छन्, भने केशव स्थापितले ६,२५९ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५,४८६ मत प्राप्त गरेकी छन् ।
यता महानगरको उप–मेयरमा भने नेकपा (एमाले)की सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् । उनले हालसम्म ९,४१९ मत प्राप्त गरेकी छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठले २,५७५ मत र राप्रपाकी विनिता मगैयाले १,७०९ मत प्राप्त गरेकी छन् ।
मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४,५, ६ ,३०, ३१ र ३२ नम्बर वडाको मतगणना जारी छ।