Homeसमाचारसुनिता डंगोललाई लोकप्रिय मत, कति छ मतान्तर अन्य प्रतिस्पर्धीहरुसंग?

सुनिता डंगोललाई लोकप्रिय मत, कति छ मतान्तर अन्य प्रतिस्पर्धीहरुसंग?

काठमाडौं महानगरपालिकाको उपप्रमुखका लागि खसेको मत मध्ये हालसम्म २४ हजार १ सय ३६ मत गन्दा नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै चार गुणा बढी मतले अग्रता लिएकी छिन्।

डंगोलले ९ हजार ४ सय २१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६ सय ७५ मत ल्याएका छन्। मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लीइरहेकी डंगोलले मतगणना जारी रहदा झनै लोकप्रिय मत हासिल गरिरहेकी छन्।

स्वतन्त्र तर्फबाट मेयरमा आकांक्षी रहेकी डंगोललाई नेकपा एमालेले उपमेयर पदको उम्मेदवार बनाएको थियो। उनले कति सम्म लोकप्रिय मत ल्याएकी छन् भने बाँकी सबै उम्मेदवारको मत जोड्दा पनि उनले ल्याएको जति पुग्न सकेको छैन। उनका सबै प्रतिस्पर्धीले ल्याएको मत ६ हजार ७ सय ५८ छ। २ हजार ६ सय ६३ मत डंगोलको बढी छ अरु सबै प्रतिस्पर्धीको मत जोड्दा पनि।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र २ को मत गणना सकिसकेको छ भने ३,४,५,६,६, ३१ र ३२ वडाको जारी छ।

उनका अन्य प्रतिस्पर्धी विवेकशील साझाकी कृती तुलाधरले तराजुबाट ४ सय ४ मत, राप्रपाकी बिनिता मगैयाले हलोबाट १ हजार ७ सय ९, मत ल्याउँदा आँखिझ्याल चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएकी विद्या श्रेष्ठले ७ सय ८३ मत ल्याएकी छिन्।

यस्तै, मादल चुनाव चिह्नले २७, पाङग्रोले १०, करुवाले १३, कम्युटरले ६, बाघले ४ र घोगो ले १८ ल्याएका छन्। पुतलीले १, खरायोले २, भुइकटरले १, आँपले २, गुलवाको फूलले ४, लौरोले १ हजार ५, धारा १, कैचीले ३, मुढाले ५, जेब्राले ३, लालटिनले २, चिलले १, घण्टाघरले ४, क्यापले ७० र अर्नाले ५ मत ल्याएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read