Homeसमाचारबालेन शाह १० हजार मत नजिक, काठमाडौँ महानगरपालिकाको बिहान ७ बजेसम्मको पछिल्लो...

बालेन शाह १० हजार मत नजिक, काठमाडौँ महानगरपालिकाको बिहान ७ बजेसम्मको पछिल्लो अपडेट

गत वैशाख ३० गते सम्पन्न स्थानिय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशका बिभिन्न स्थानीय तहरुको मतपरिणाम आईरहदा काठमाडौँ महानगरपालिकाको मतपरिणामलाई बिशेष चासो सहित देशैभरबाट हेरिएको ।

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र तर्फबाट बालेन्द्र शाह (बालेन) , नेकपा एमालेको तर्फबाट केशव स्थापित त्यसैगरी गठबन्धनको साझा उमेद्वार नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह लगाएत ५० भन्दा बढी उमेद्वारले प्रतिस्पर्धा गरिरहेका छन्।

सुरुवाती देखि नै अग्रता लिइरहेका काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनी आफ्ना निकटतम प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेन शाह १० हजार मत नजिक छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले लगातार मत बढाएका हुन्।

पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ७११ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार २२६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४७ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४,५, ६ ,३१ र ३२ नम्बर वडाको मतगणना जारी छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read