Homeसमाचार४ वटा वडाको मतगणना सकिँदा भरतपुरमा यस्तो आयो मतपरिणाम

४ वटा वडाको मतगणना सकिँदा भरतपुरमा यस्तो आयो मतपरिणाम

गत वैशाख ३० गते सम्पन्न स्थानिय निकायको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

भरतपुर महानगरपालिकामा ४ वटा वडाको मतगणना सकिएको छ। मंगलबार बिहान चार बजेसम्म १७०३४ मतगणना हुँदा सत्ता गठबन्धनबाट मेयर उम्मदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ३० मतले अघि छन्।

उनले ५७१८ मत पाएकी छन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २७८८ मत पाएका छन्।

उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका चित्रसेन अधिकारीले ६९८२ मत पाएका छन् भने राप्रपा-एमाले गठबन्धनकी हिमला गुरूङले ४६२८ मत ल्याएकी छन्।

चार नम्बरको वडा अध्यक्षमा कांग्रेसका अर्पण पोखरेल विजयी भएका छन्। उनले २५३० मत पाए भने एमालेका भानुभक्त सापकोटाले १६३३ मत पाए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read