Homeसमाचारएउटै जिल्लाका यी ३ वडाध्यक्ष जसले १ –१ मतान्तरले जिते

एउटै जिल्लाका यी ३ वडाध्यक्ष जसले १ –१ मतान्तरले जिते

काभ्रेमा तीन जना वडाध्यक्षले रोचक प्रतिस्पर्धाकाबीच एक–एक मतान्तरले जितेका छन् ।

तेमाल गाउँपालिका–१ मा इन्द्रबहादुर अधिकारी, खानीखोला गाउँपालिका–१ मा सन्तमान थिङ र चौरीदेउराली गाउँपालिका–१ मा सुशील लामाले एक–एक मतको अन्तरले वडाध्यक्षमा जितेका हुन् । ती वडाहरुको प्रतिस्पर्धा निकै रोचक भएको थियो ।

खानीखोला–१ को वडाध्यक्ष पदको लागि प्रतिस्पर्धा निकै रोचक भयाे । त्यहाँ नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तमान थिङ १ मतको अन्तरले विजयी भए ।

उनका निकटतम प्रतिस्पर्धी आशाराम थिङले ५ सय ४७ मत ल्याएका थिए । मतगणनाको क्रममा आफ्नो मत अगाडि हुँदा सन्तमान उत्साही हुन्थे, पछाडी हुँदा केही निराश हुन्थे । अन्तिम २ मत गन्न बाँकी हुँदा आशाराक १ मतले अगाडी थिए । पछिल्ला दुवै मत सन्तमानको चुनाव चिन्हमा संकेत भएपछि उनको जित निश्चित भएको थियो ।

चौरीदेउराली –१ मा कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार लामाले १ मतको अन्तरले जिते । लामाले ४ सय २ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार राजु आलेले ४०१ मत प्राप्त गरेका थिए ।

विजयी जुलुसपछि पुन मतगणना, १ मतले पराजित

२ मतको अन्तरले विजयी भइसकेका तेमाल गाउँपालिका–१ को वडाध्यक्ष कालदास लामालाई धेरैले बधाई दिए । ३० बर्षपछि कम्युनिष्टको गढ तोडिएको भन्दै सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लाग्यो । विजयी जुलुस पनि भयो तर, पुन मतगणना गर्नुपर्ने एमालेले अडान लियो । आफू जितिहाल्ने भने कांग्रेसका मतगणना प्रतिनिधीले पनि विरोधका विच समर्थन जनाए ।

शुरुमा कालदासले ५ सय ३१ र एमालेका इन्द्रबहादुर अधिकारीले ५ सय २९ भोट ल्याएका थिए । पुन : मतगणना हुँदा अधिकारीले ५ सय ३१ र कालदासले ५ सय ३० मत ल्याएपछि अधिकारीलाई विजयी घोषणा गरिएको छ ।

ईकान्तिपुरको सहयोगमा

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read