काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।
वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।
यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।
समग्रमा काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।