Homeसमाचारआज पनि देशभर मौसम बदली, यी चार प्रदेशहरुमा वर्षाको सम्भावना

आज पनि देशभर मौसम बदली, यी चार प्रदेशहरुमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ।आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ महाशाखाले जनाएको छ। आज राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/ चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्बै बिहिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read