Homeसमाचारसत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दै

सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दै

सत्ता गठबन्धनले आज काठमाण्डौमा चुनावी सभा गर्दैछ ।

सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन् ।

बुधवार विराटनगर तथा बिहीबार भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

काठमाण्डौ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरीबाबु महर्जन उम्मेदवार हुनुहुन्छ । सत्ता गठबन्धनले हिजो चितवनको भरतपुरमा चुनावी सभा गरेको थियो ।

चुनावी तालमेलका कारण नेता कार्यकर्तामा असन्तुष्टि र अविश्वास बढिरहेका बेला विश्वासको वातावरण बनाउन सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गरिरहेका छन् ।

कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read