Homeसमाचारपल शाह प्रकरणमा उच्च अदालतले भन्यो– कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेश पनि...

पल शाह प्रकरणमा उच्च अदालतले भन्यो– कृष्ण जोशीलाई धरौटीमा छाड्ने आदेश पनि यतै ल्याउनु

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै थुनेछक आदेशलाई सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।

धरौटीमा छाड्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यलय तनहुँले पनि निवेदन दिएको पाइएपछि न्यायाधीशद्धय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

‘बिहीबारको सुनुवाइले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियार बनाइएका कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै आदेश सँगै राखेर हेर्ने आदेश दिएको छ,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले भने, ‘जोशी पनि यही मुद्दासँग जोडिएका हुनाले सरकारी वकिलको निवेदनलाई पनि सँगै राखेर हेर्ने आदेश भएको हो। अब अर्को पेशी आउँदो बिहीबारलाई तोकिएको छ।’

उच्च अदालतले अघिल्लो साता पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न आदेश दिएको थियो। दुवै मुद्दामा पीडक र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश दिइएको थियो।

यस्तै जिल्ला अदालत तनहुँले एक लाख रुपैयाँ धरौटीमा छाडेका पलका म्यानेजर कृष्ण जोशीविरुद्धको आदेश बदर गरी उनलाई पनि थुनामा पठाउन माग गर्दै सरकारी वकिल कार्यालयले निवेदन दिएको थियो। पल शाहलाई छाड्न माग गरिएका दुवै निवेदन र कृष्ण जोशीलाई पनि थुनामा राख्नुपर्ने निवेदन सँगै राखेर हेर्न आदेश दिएको हो।

बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालतमा निवेदन दिएका हुन्। तनहुँ अदालतले गरेको आदेशविरुद्ध गत चैत १८ गते र नवलपरासी पूर्वको आदेशविरुद्ध वैशाख १३ गते निवेदन दिएका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read