Homeसमाचारकार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु

कास्कीको लेवाडेमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा पर्वतका जीतबहादुर पुन गम्भीर घाइते भएका थिए। उनकी १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका जीतबहादुरको उपचारको क्रममा आज मृत्यु भएको हो।

आइतबार पर्वतबाट पोखरातर्फ आउँदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग३च ३५२५ नम्बरको कारले ठक्कर दिएको थियो।

यता मोटरसाइकललाई ठक्कर दिएको कारका चालकलाई अहिलेसम्म प्रहरीले पक्राउ नगरेको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। उनीहरूले फरार रहेका कार चालकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको राहबरमा मृतकका आफन्तसँग फरार कार चालकका बाबु र दाइबीच वार्ता चलिरहेको प्रहरीले जनाएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read