Homeसमाचारमतदानको दिन के गर्न हुँदैन ?

मतदानको दिन के गर्न हुँदैन ?

यही वैशाख ३० गते देशभरका ७५३ वटा पालिकामा एकैसाथ निर्वाचन हुँदै छ । योपटक स्थानीय तह निर्वाचनमा विभिन्न पदमा गरी करिब एक लाख ४५ हजार उमेदवार छन् ।

निर्वाचन आयोगले वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मताधिकारबारे आफूलाई जानकारी भएको विषय अरू मतदातालाई जानकारी गराउनुपर्छ । निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याउनुपर्छ ।

मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य गर्न हुँदैन । कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्नेलगायत कार्य हुँदैन ।

के गर्न हुँदैन ?
१. मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदंगामा नलाग्ने,
२. मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिह्न वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने,
३. मतदानको दिन सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रूपले अशक्त वा हिँड्डुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारीसाधन प्रयोग गर्न सकिने,
४. कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन । एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
५. कसैले पनि मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा, अवरोध गर्न वा गराउन हुँदैन । यदि, गरेमा कानुनबमोजिम कारबाही हुनेछ ।

आचारसंहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचन अधिकृत वा निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनुपर्ने आयोगले जनाएको छ ।

बाह्रखरीबाट साभार 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read