Homeसमाचारनेपालमा मौसम बदली, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

नेपालमा मौसम बदली, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसाे प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बद्ली रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

दिउँसाे सातै प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान छ । यस्तै, पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ्ग पर्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान–

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read