Homeसमाचारएउटै पासोमा झुण्डिएको अवस्थामा नवविवाहित जोडीको शव फेला

एउटै पासोमा झुण्डिएको अवस्थामा नवविवाहित जोडीको शव फेला

कैलालीमा पासो बनाई रुखमा झुण्डिएको अवस्थामा युवायुवतीको शव फेला परेको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका-१० तुलसीपुर सामुदायिक वनमा एउटै डोरीको पासो बनाई झुण्डिएको अवस्थामा दुवै जनाको शव फेला परेको हो ।

मृतक बझाङको जयपृथ्वी नगरपालिका-२ का २८ वर्षीय अमरराज जोशी र सोही ठाउँकी २४ अस्मिता सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

आइतबार बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुण्डिएको हुन सक्ने बताए ।

प्रहरीले शव सडेकोले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको बताएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको समेत बताएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read