Homeखेलकुदफुटबल विवादबारे पत्रमार्फत अल्मुताइरीको धारणा सार्वजनिक

फुटबल विवादबारे पत्रमार्फत अल्मुताइरीको धारणा सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारका कारण टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् ।

उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए भने १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।

यद्यपि अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको  बताएका छन् । कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।

यस्तै अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएको कारण बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read