Homeसमाचारभैरहवा विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्कियो

भैरहवा विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्कियो

रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

उक्त जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ।

अनलाइनखबरमा समाचार छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read