काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ। चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका हुन्।
उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
चुनाव चिन्ह ‘लौरो’ पाइसकेपछि उनले आफ्नो चुनाव चिन्ह लौरो भएको जानकारी दिदै “बुढा बुढीलाई टेकाउन मिल्ने, भ्रष्टचारी लाई सेकाउन मिल्ने” भन्दै आफ्नो चुनाव चिन्ह सार्वजनिक गरेका छन्।
देशैभर स्वतन्त्र उम्मेदवारी दिएका उमेद्वारहरुले चुनाव चिन्ह पाउने क्रम जारी रहेको छ।