धेरै पछि गायिका समिक्षा अधिकारीले आफ्नो फेसबुकमा नयाँ पोस्ट अपडेट गरेकी छन्।
पछिल्लो समय केहि विवादमा आउदा उनले फागुन ५ गते देखि आफ्नो फेसबुक वालमा केहि अपडेट गरेकी थिइनन्। धेरै पछि आज उनले आफ्नो फेसबुकमा केहि लेखेकी हुन्।
उनले ‘तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु ‘ भन्दै आफ्नो फोटो पनि अपलोड गरेकी छन्। गम्भीर मुद्रामा रहेको फोटो संगै निकै भावुक क्याप्सन सहित उनले पोस्ट शेयर गरेकी हुन्।
उनको उक्त पोस्टमा छोटो समयमा नै धेरैजनाले प्रतिक्रिया दिइसकेका छन् ।
उनी लेख्छिन :
तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु