Homeसमाचारगायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो ।

गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् । उनका अनुसार कार सडकको पर्खालमा बज्रिएको थियो ।

आफू अर्धनिद्रामा भएका बेला कार दुर्घटना हुँदा त्यहीँ होस गुमेको उनले बताएका छन् । दुर्घटनापश्चात उनलाई कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएका थिए । करिब ४५ मिनेटपछि होश आयो ।

गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएको खरेलले बताएका छन् । राति ४ बजे अस्पतालबाट डिस्चार्ज भएर उनी काठमाडौं आए । काठमाडौंको अस्पतालमा सबै चेक जाँच गर्दा बाहिरी चोटबाहेक भित्री रिपोर्ट नेगेटिभ आएको छ । अहिले आफू बेड रेस्टमा रहेको खरेलले जानकारी दिएका छन् । उनले केही दिनका लागि आफ्नो सबै कार्यक्रम स्थगित गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् :
एउटा अर्को युद्ध जीन्दगी सँग
काठमाण्डू मा रेकर्डींग सकेर हिजो सॉझ नेपालंगज Flight लिएर तुलसीपुर दाङ को हुने कार्यक्रम को लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसॉउदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यस पछि पनि करिब ५/७ मिनट कहॉ बाट आए कहॉ छु पत्तै पाइन। गाड़ी को Air bag र seat belt ले ज्यान जोगाएछ । सँगैका दुइ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे। काठमाण्डू मा करिब ६ घण्टा अस्पताल मा Ct scan लगायत सबै जॉच पछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाब मा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पुर्ण प्रति कृतज्ञ छु , नोगेन 🙏

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read