Homeसमाचारराष्ट्रिय फुटबल टिमका सिनियर खेलाडीले विद्रोह गर्दै यी १० खेलाडीले छाडे प्रशिक्षण

राष्ट्रिय फुटबल टिमका सिनियर खेलाडीले विद्रोह गर्दै यी १० खेलाडीले छाडे प्रशिक्षण

एएफसी एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडीले क्याम्प छाडेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अन्जन विष्ट, रोहित चन्द, अनन्त तामाङसहित सिनियर खेलाडीहरुले टिम छाडेका हुन् ।

होटल छाड्नेमा रोहित चन्दसँगै अन्जन विष्ट, विमल घर्ती मगर, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी र सुमल लामा छन् । एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली टोलीले दुई सातादेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण गर्दै आएको थियो । खेलाडीहरूलाई वर्ल्ड ट्रेड सेन्टरको होटलमा राखिएको थियो ।

र मंगलबारको प्रशिक्षण सकाएर होटल पुगेका १० खेलाडीले राति ९ बजे हिँडेका छन् । टिम मिटिङमा सबै खेलाडी सहभागी थिए । तर राति होटल छाडेर हिँडेका जानकारी पाएको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुधन उपाध्यायले पुष्टि गरेका छन् ।

एन्फा स्रोतका अनुसार रोहित चन्द चोटका कारण रिह्याब गरिरहेकाले नियमित प्रशिक्षण गरेका थिएनन् । रोहितले प्रशिक्षण छाडेपछि प्रशिक्षकले राम्रो व्यवहार नगरेको भन्दै अन्य सिनियर खेलाडीले पनि टिम छाडेका हुन् ।

खेलाडीहरूले होटल छाडेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अल्मुताइरीले धारणा सार्वजनिक गरेको छैन । प्रशिक्षक अल्मुताइरीले बुधबार नयाँ खेलाडी बोलाएर प्रशिक्षण गराए भने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग होटल छाडेका खेलाडीहरुले भेट गरेर छलफल गरेका छन् ।

मुख्य प्रशिक्षाक अल्मुताइरीले खेलाडीलाई मिडिया बोल्न नदिने, अन्तर्राष्ट्रिय खेलपछि म्यान अफ दि म्याच बनेका खेलाडीलाई पोष्ट म्याचमा बोल्न नदिने गरेका थिए । त्यसका बावजुत पनि खेलाडीहरु अल्मुताइरीकै समर्थनमा थिए ।

तर बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो सेवा सुविधाबारे गुनासो गरेपछि दुरी बढ्न थालेको अधिकारीहरू बताउँछन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read