Homeसमाचारकस्तो छ आगामी तीन दिनसम्मको मौसम?

कस्तो छ आगामी तीन दिनसम्मको मौसम?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। हाल पहाडी भूभागमा आंशिक देखि सामान्य बदली  रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

बैशाख १४ गते (बुधबार) 

दिउँसो : देशको  गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ का पहाडी भूभागका  केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बैशाख १५ गते (बिहीबार) 

दिउँसो : देशको  बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहने छ। बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी भूभागका एक/ दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते (शुक्रबार) 

दिउँसो : देशको  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा आंशिक बदली रहने छ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि देशको अन्य भू(भागमा  मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १को पहाडी भू(भागका एक( दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १ का पहाडी भूभागमा  केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक(दुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकोले र देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read