Homeसमाचारदिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्ड

दिउँसो पत्रकार सम्मेलन गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दै छन्।

पेरिसडाँडामा दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्।

माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read