Homeमनोरञ्जनवर्षाको मेहेन्दीका तस्बिरहरु

वर्षाको मेहेन्दीका तस्बिरहरु

नायिका वर्षा शिवाकोटीले शुक्रबार लगनगाँठो कसेकी छन्।

अमेरिका बस्दै आएका आशिष गेलालसँग वर्षाको विवाह भएको हो । वर्षा ती पुरुषसँग केही समयदेखि रिलेसनसीपमा थिइन् । स्रोतका अनुसार काठमाडौंको बालुवाटारमा घर भएका आशिष इन्जिनियर हुन् ।

वर्षा दुई महिनाअघि मात्रै अमेरिका गएर फर्किएकी थिइन् । त्यहीबेला विवाहको निधो भएको अनुमान गरिएको छ । विवाहमा सीमित आफन्त र साथीभाइलाइ बोलाइएको छ ।

आफु विवाह बन्धनमा बाधिएको भन्दै वर्षाले मेहेन्दी लगाएको फोटो सार्वजनिक गरेकी थिइन् । वर्षाले सार्वजनिक गरेको मेहेन्दीको फोटोमा निकै उत्साहित देखिन्छिन् ।

उनले विवाहको फोटो भने सार्वजनिक गरेकी छैनन् । उनीहरुले शुक्रबार रानीवनको एक होटलमा विवाह गरेका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read