Homeसमाचारकेकी अधिकारीको गुपचुप विवाहको हल्ला तर रहेछ मेहेन्दी उत्सव, यी हुन् हुनेवाला...

केकी अधिकारीको गुपचुप विवाहको हल्ला तर रहेछ मेहेन्दी उत्सव, यी हुन् हुनेवाला श्रीमान्

नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएको कुराले आज फिल्म क्षेत्रमा निकै सरगर्मी बढ्यो । व्यवसायी रोहित तिवारीसँग उनले आज एउटा सानो जमघटमा लगनगाँठो कसेको हल्ला थियो।

केकी र रोहित केही समयदेखि प्रेममा थिए । तर, आफूहरूबिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् । आज उनीहरूको विवाहबारे केकी निकटका कलाकारहरूलाई पनि पत्तो थिएन ।

केकीका हुनेवाला श्रीमान् रोहित हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् । केकीका सीमित साथीहरूलाई उनीहरूको सम्बन्धबारे थाहा थियो । मेहेन्दी उत्सवमा परिवारका सदस्य र केही साथीहरू उपस्थित थिए ।

‘आज ग्राण्डी टावरमा मेहन्दी तथा संगीतको कार्यक्रम भएको छ जस्तो एक तस्वीर पनि सार्वजनिक भैसकेको छ। उनी भोली बिहिबार नै विवाह बन्धनमा बाधिने भन्ने खबर फैलिए पनि आधिकारिक जानकारी भने अझै पाईएको छैन।

कसैलाई थाहा नदिई सुटुक्क बिहे गर्ने केकीको पहिलेकै योजना थियो ।

केकी निकट एकैचोटि विवाहको फोटो बाहिर आयो भने चित्त नदुखाउनु भनेर साथीहरुलाई केकीले पहिल्यै देखि भन्ने गर्थिन।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read