Homeसमाचारपल प्रकरणमा नाबालिगका बाबुले पनि फेरे बयान

पल प्रकरणमा नाबालिगका बाबुले पनि फेरे बयान

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका पल शाहको मुद्धामा नयाँ मोडहरु आउने क्रम जारी रहेको छ।

आज फेरि अभिनेता पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने बालिकाका बाबुले बाबुले पनि बयान फेरेका छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा उनले मंगलबार सुरुमा आफूले जाहेरी दिएको तर पछि बुझ्दै जादा त्यो कुरा यथार्थ नभएको भनी बकपत्र गरेका हुन् ।

दुई दिनअघि पीडित भनिएकी बालिकाले पनि बकपत्रका क्रममा आफूमाथि बलात्कार नभएको बरु कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।

जाहेरी दिने बालिकाका बाबुले भने, ‘जाहेरी मैले नै दिएको हुँ, सबै विवरण मैले लेखेको हो, त्यसमा शंका छैन’ पीडितका बाबुको बकपत्र उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले बुझ्दै जाँदा यथार्थ विवरण थाहा भयो । घटना भएको भनिए पनि त्यस्तो केही होइन रहेछ ।’

बालिकाका बाबुको जाहेरीका आधारमा नै प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा लिएर जबर्जस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशमा पल शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला अदालत स्रोतका अनुसार, केही दिनदेखि नै पीडितका बाबुले नजिकका मानिसहरुसँगको कुराकानीका क्रममा बयान फेर्ने संकेत गरेका थिए । ‘त्यो केटालाई १२ बर्ष थुनाएर हामीले के पाउछौं र भनेर उहाँले बारम्बार भन्नुभएको थियो’ अदालत स्रोतले भन्यो, ‘कसैलाई दुःख दिएर हामीलाई शान्ति हुदैन, समाधानतिर जानुपर्छ भन्नुहुन्थ्यो ।’

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read