पल शाह प्रकरणमा नाबालिग गायिकाले बयान फेरेपछि तनहुँ जिल्ला अदालतले गायक तथा दुर्गेश थापा, सरोज ओलीलगायतलाई साझी बकपत्रका लागि बोलाएको छ।
नाबालिग गायिकामाथि जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा पीडितले बयान फेरेपछि यो मुद्दामा नयाँ ट्वीस्ट आएको थियो। आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको भन्दै बयान फेरेकी थिइन्।
आइतवारदेखि पीडित गायिका, जाहेरवाला उनका बाबु र अन्य साक्षीहरुसहितसँग जिल्ला अदालत तनहुँमा बकपत्र चलिरहेको छ। यस्तोमा पीडित भनिएकी नाबालगि गायिकाको पक्षमा उभिएका गायक थापा लगायतलाई बकपत्रका लागि तनहुँ अदालतले बोलाएको हो।
उनीहरु तनहुँ पुगेपछि साक्षीका रुपमा अदालतले बकपत्र लिने भएको छ।
तनहुँ जिल्ला अदालतमा आइतवार नाबालिगकाे तर्फबाट बकपत्र भएको थियो ।यसअघि पल शाहले बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेर आफुमाथी कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी थिइन्।