Homeमनोरञ्जनपल शाहले जिते सर्वोकृष्ट नायकको अवार्ड, पूजा भइन् सर्वोकृष्ट नायिका

पल शाहले जिते सर्वोकृष्ट नायकको अवार्ड, पूजा भइन् सर्वोकृष्ट नायिका

अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमकाे आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो ।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् ।

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।

चलचित्र नायिका पूजा शर्माले नायक पल शाहलाई रियल हिरो भन्दै मिस गरिहेको बताएकी छिन् । उनले बक्स अफिस फिल्म अवार्डमा उत्कृष्ट नायिकाको अवार्ड लिएपछि पल शाहलाई आफ्नो अवार्ड समर्पण गरेको समेत भनेकी छिन् ।

म यस्तो गीत गाउँछु २ बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जितेसँगै उनले आफू प्रसव पीडापछि सन्तान जन्माएकी आमा जस्तो मुस्कुराएको बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः फागुण ११ गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरको दिन । एक्कासी घटेको ठूलो बज्रपातलाई सहँदै, अनेकथरी कुराहरु सुन्दै हलमा उपस्थित भैरहँदा मैले आँशु रोक्न सकेको थिइनँ । एउटा सन्तान जन्माउन आमाले गर्ने दुःख र पीडा जस्तै हो चलचित्र निर्माण गरेर हलसम्म ल्याउनु । आज काठमाडौंमा आयोजना भएको ‘बक्स अफिस फिल्म अवार्ड’मा उत्कृष्ट नायिकाको अवार्ड जित्दै गर्दा प्रसव पीडामा चिच्चाएकी एक आमा, सन्तान जन्माएपछि सबै पीडा भुलेर मुस्कुराएझै म पनि मुस्कुराएकी छु । हुनत, अझै पनि दिल खोलेर हाँस्नका लागि आउने सुखद दिनलाई पर्खिरहेकी छु । ‘म यस्तो गीत गाउँछु २’बाट उत्कृष्ट नायकको अवार्ड पल शाहले जित्दै गर्दा मेरो प्यारी साथी र हाम्रो रियल हिरोलाई धेरै मिस गरिरहेँ । पल, तिम्रा लागि यो अवार्ड समर्पित गर्न चाहन्छौं । उत्कृष्ट निर्देशकको अवार्ड जित्नुहुने मेरा गुरु सुदर्शन थापा, ब्लकबस्टर चलचित्रको अवार्ड प्राप्त गरेको हाम्रो चलचित्रलाई माया दिनुहुने दर्शक नै हाम्रा लागि सबै भन्दा प्रिय र विशेष हुनुहुनेछ । दर्शकको साथ पाएपछि अगाडि बढ्न कुनै पनि शक्तिले रोक्न सक्दैन भन्ने पुष्टी यसपटक भएको छ । अवार्ड आयोकजलाई कामको मुल्यांकनको लागि विशेष धन्यवाद । आगामी दिनमा म र मेरो टिमले अझै उत्कृष्ट चलचित्र दर्शकमाझ ल्याउने वाचा गर्दछौ । जय नेपाली सिनेमा ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read