Homeमनोरञ्जन‘आरआरआर’ले नेपालमा कति कमायो ?

‘आरआरआर’ले नेपालमा कति कमायो ?

एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले दक्षिण भारत मात्र होईन विश्वभर तहल्का पिटिरहेको छ। प्रदर्शनको चौथो सातामा पनि उत्तिकै व्यापार गरिरहेको छ।

चलचित्रले नेपाली बक्स अफिसमा १२ करोड ग्रस कमाइ गरेको छ । यो कारोबार कोरोना महामारीयताकै उच्च हो ।

रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको फिल्मले तीन सातामा यो कीर्तिमानी कमाइ गरेको हो । राजामौली निर्देशित ‘बाहुबली-२’ले नेपालमा २३ करोड ग्रस कमाइ गरेको रेकर्ड छ ।

कोरोना महामारीयता नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने फिल्म हलिउडको स्पाइडरम्यानः नो वे होम बनेको थियो, जसको नेपाल लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस छ ।

वैशाख १ गते रिलिज तयारीमा रहेको फिल्म ‘केजीएफ च्याप्टर २’ले ‘आरआरआर’को रेकर्डलाई तोड्ला ? यसबारे विश्लेषकको आ-आफ्नै दृष्टिकोण छन् । कतिपयले वर्ड अफ माउथमा निर्भर हुने बताइरहेका छन् भने कतिपयले फिल्मको ब्रान्डमै ।

चौथो सातामा चलिरहेको ‘आरआरआर’ले अहिले पनि नेपाली मल्टिप्लेक्समा राम्रै शो पाइरहेको छ ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read