Homeसमाचारआजको थुनछेक बहसपछि पल शाहलाई अदालतको यस्तो आदेश

आजको थुनछेक बहसपछि पल शाहलाई अदालतको यस्तो आदेश

किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।

न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ । तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।

वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई बलात्कारको अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ । पीडित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पीडित भनिएकी किशोरीबाट दिइएको उजुरी झुठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए । सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरुद्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।

यता पीडित किशोरीको पक्षबाट बहस गरेका ३ जना सरकारी वकिल र २ अघिवक्ताले शाहले बलात्कार गरेको यथेस्ट प्रमाण भएको दाबी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कैद सजायको मागदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई हदैसम्मको सजाय हुन पर्ने माग गरेका छन् ।

अभिनेता शाहले एक वर्षअघि गैंडाकोटमा सुटिंगका क्रममा किशोरीलाई मादक पदार्थ खुवाएर बलात्कार गरेको भन्दै अघिल्लो महिना इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी परेको थियो । जाहेरीका आधारमा प्रहरीले शाहलाई चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान थालेको हो ।

शाहलाई तनहुँमा पनि उनै किशोरीले एक वर्षअघि बलात्कार गरेको भन्दै त्यहाँको प्रहरीमा उजुरी गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तनहुँ र पूर्वी नवलपरासीमा एक वर्षअघि बलात्कार गरेका अभियोग लगाउँदै मुद्दा दर्ता गराउने किशोरी एउटै हुन् ।

( ईकान्तिपुरको सहयोगमा )

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read