Homeअर्थबिनोद चौधरीको सम्पत्ति बढ्यो, पुगे विश्वका अर्बपतिको सूचीमा १९२९ औं स्थानमा

बिनोद चौधरीको सम्पत्ति बढ्यो, पुगे विश्वका अर्बपतिको सूचीमा १९२९ औं स्थानमा

नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ। गएराति फोर्ब्सले सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरीको सम्पत्ति बढॆपछि १९२९ औं नम्बरमा परेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ। सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो।

त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read