Homeसमाचारएमालेको चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’, भिडियो बनाएर एक लाखसम्म पुरस्कार

एमालेको चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’, भिडियो बनाएर एक लाखसम्म पुरस्कार

स्थानीय तहको निर्वाचन नजिकिदै गएसंगै नेकपा एमालेले चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’को आयोजना गरेको छ ।

उक्त प्रतिस्पर्धामा सहभागी भएकामध्ये उत्कृष्टले एक लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

क्रियटिभ र लोकप्रिय गरी दुई विधामा पुरस्कार छुट्याइएको छ । क्रियटिभ भिडियो निर्माण गर्ने तथा अत्याधिक भ्युज भएको भिडियो निर्माताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।

भिडियो नेकपा एमालेले अघि सारेको योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडियोमा ह्यासट्याग भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीको प्रयोग गर्नुपर्ने छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ र साइबर सर्कलले एमालेको विचारधारा, विकास निर्माणको गतिविधि र पार्टीको सिद्धान्तलाई चर्चित भिडियो प्लेटफर्म टिकटकमार्फत नवीनता र सिर्जनशीलता पूर्वक समाजमा प्रस्तुत गर्न उक्त प्रतिस्पर्धाको आयोजना गरिएको हो ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read