Homeमनोरञ्जनगायक राजु लामा र अभिनेत्री दीया पुन सगरमाथा चढ्दै

गायक राजु लामा र अभिनेत्री दीया पुन सगरमाथा चढ्दै

गायक राजु लामा र अभिनेत्री दीया पुनले सगरमाथा आरोहण गर्ने भएका छन्। सोमबार उनीहरूले पत्रकार सम्मेलन गर्दै आफूहरू आरोहणका लागि निस्कन लागेको जानकारी गराएका हुन् ।

अभिनेत्री दीया पुनले ६ तारिखबाट आरोहण यात्रा थाल्नेछिन् भने राजु लामाले १० तारिखबाट बेस क्याम्पको यात्रा थाल्ने जानकारी गराएका छन् । अभिनेत्री दीया पुनले विश्वकै अग्ला सात हिमाल चढ्ने लक्ष्य रहेको र यही लक्ष्यअनुसार सगरमाथा चढ्न लागेको जानकारी गराइन् ।

उनले एलिट एक्सपेडिसनसँग मिलेर सगरमाथा आरोहण गर्नेछिन् । एलिट एक्सपेडिसन निम्स पूर्जाको कम्पनी हो । निम्स भर्खरै नेटफ्लिक्सको ‘१४ पिक्स’ फिल्ममार्फत विश्वभर छाएका थिए ।

गायक राजु लामाले वातावरण परिवर्तनका असरबोर जनचेतना जगाउन पनि आफू हिमाल आरोहण गर्न लागेको बताए । उनले आरोहणकै दौरानमा कन्सर्ट गर्न लागेको पनि जानकारी गराएका थिए ।

अभिनेत्री दीया पुनले ‘वीर विक्रम’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘मन्त्र’ वैशाख १६ मा रिलिज हुँदैछ ।

राजु लामा र दीयाले फरक फरक दिनमा यात्रा गरे पनि बेस क्याम्पमा भेट्न सकिने बताए ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read