Homeसमाचारमतदाता नामावलीमा आफ्नो नाम मतदाता परिचयपत्र छ कि छैन यसरी हेर्नुहोस्

मतदाता नामावलीमा आफ्नो नाम मतदाता परिचयपत्र छ कि छैन यसरी हेर्नुहोस्

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गदैछ । यसअन्तर्गत ६ महानगरपालिका‚ ११ उपमहानगरपालिका‚ २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।

निर्वाचन आयोगले २०७९‚ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।

तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न सकिन्छ । यसको लागि यहाँ क्लिक गनुपर्नेछ ।

यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश‚ जिल्ला‚ वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।

तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितकाे मतदाता परिचयपत्र देखिनेछ ।

(टेकपानाबाट)

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read