Homeअर्थग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस रिजल्ट!

ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट सम्पन्न, यसरि हेर्नुहोस रिजल्ट!

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आइतबार बाँडफाँट भएको छ ।
गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५% अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, ग्रीन भेन्चर्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read