Homeसमाचारम्यादी प्रहरीमा तौल नपुगेपछि गोजीमा लुकाइयो फलामको ढक!

म्यादी प्रहरीमा तौल नपुगेपछि गोजीमा लुकाइयो फलामको ढक!

कपिलवस्तुमा म्यादी प्रहरी भर्ना हुनको लागि एक युवा भर्ती भइरहेको ठाउँमा गएका थिए।

तर उनको तौल पुग्ने देखिएन। जसकारण उनले पाइन्टको गोजीमा एक केजीको फलामको ढक राखे।

कपिलवस्तु प्रहरीका अनुसार १ किलोको ढक, मोबाइल राखेका उनलाई प्रहरीले उनलाई भर्ती हुनबाट रोक लगाएको छ।

आफूले तौल बढाउन पटक–पटक खाना र केरालगायतका फलफूल खाएता पनि तौल नबढेकाले फलामको ढक राखेको ती युवाको भनाइ छ।

प्रहरीका अनुसार उनको वास्तविक तौल ४८ किलो थियो। तर, भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेका थिए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read