सुर्खेतको कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल परिसरको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।
तस्वीरमा एउटा कुकुरले टाउकोविनाको बच्चाको शव च्यापेर अस्पताल परिसरमा हिँडिरहेको छ, जसलाई सबैले दारुण तथा हृदय विदारक दृश्य भनेका छन् ।
कुकुरले च्यापेको मृत बच्चा कसको हो ? कुकुरले कहाँबाट ल्यायो ? भन्ने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी यही तस्वीरको वास्तविकताबारे जानकारी लिन जुटेको छ ।
शनिबार बिहान ७ बजे अस्पताल परिसरमा कुकुरले बच्चाको शव च्यापेर दौडिरहेको देखेपछि कुरुवा बस्न गएका स्थानीय युवा हरि कंडेलले तस्वीर खिचेका थिए ।
उनी भन्छन‘बिहानै अस्पतालको फार्मेसिमा औषधि लिन गएको थिएँ । एउटा कुकुर बच्चा च्यापेर दौडिरहेको थियो । गार्डले कुकुरबाट छुट्याएर शवलाई कपडाले बेरेर राखे, अनि मान्छेको भीड लाग्यो,’।
कर्णाली प्रदेश अस्पताल प्रशासनले यो विषयमा छानबिन भइरहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि घटनाबारे छानबिन भइहरको बताएको छ ।