Homeफिल्मबलिउडआलियाको ‘आरआरआर’ कन्ट्रोभर्सी : सामाजिक सञ्जालबाट पोष्ट हटाएकोमा दिइन् यस्तो स्पष्टीकरण

आलियाको ‘आरआरआर’ कन्ट्रोभर्सी : सामाजिक सञ्जालबाट पोष्ट हटाएकोमा दिइन् यस्तो स्पष्टीकरण

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो साउथ डेब्यू फिल्म ‘आरआरआर’ प्रदर्शनपछि निर्देशक एसएस राजामौलीसँग असन्तुष्ट भएको खबर बाहिरिएको थियो।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट ‘आरआरआर’को सम्पुर्ण प्रचार सामाग्री हटाएपछि निर्देशकसँग रिसाएको भारतीय सञ्चार माध्यममा चर्चा छ । तर, अभिनेत्री आलियाले यसको खण्डन गरेकी छन्।

‘मैले इन्स्टाग्रामबाट फिल्म आरआरआरको पोस्टर डिलिट गर्नुलाई फिल्मको टोलीसँग रिसाएको छु भन्ने बुझिएछ। र, खबरहरू पनि त्यस्तै सुनेकी छु। म सबैलाई कुनै भाम्रिक खबर नफैलाउन अनुरोध गर्दछु। त्यो पनि मैले आफ्नो इन्स्टाग्रामबाट फिल्मको पोस्टर डिलिट गरेको आधारमा। म सधैं आफ्नो पुरानो भिडिओ पोस्ट डिलिट गर्छु, किनकी म आफ्नो प्रोफाइललाई सफा राख्न रुचाउँछु,’ उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्।

आलियाले आफू फिल्म ‘आरआरआर’को हिस्सा हुन पाउँदा खुशी भएको समेत उक्त स्टोरीमा उल्लेख गरेकी छन्। फिल्ममा उनी सीताको भुमिकामा देखिएकी छन्। उनको २० मिनेटभन्दा कम समयको छ।

आलियाले एसएस राजामौलीले आफूलाई निर्देशन गरेकोमा खुशी व्यक्त गर्दै तारक र चरणसँग समेत काम गर्दा खुशी भएको बताएकी छन्। आलियाले यो फिल्मसँग जोडिएको हरेक चिजप्रति आभार व्यक्त गरिन्।

आलियाले निर्देशक राजामौली र फिल्म टोलीसँग असन्तुष्टि नरहेकोमा थप भनेकी छन्, ‘म यो सबै सफाई पेश गरिरहेको छु किनकी राजामौली सर र पुरै टिमले यो फिल्म बनाउन धेरै वर्ष मिहेनत गर्नु भएको छ। यसमा हामी सबैको मिहिनेत लागेको छ। जुन फिल्मसँग जोडिएको हुन्छु, सो फिल्मबारे आएको गलत खबरको म सधैं खण्डन पनि गर्छु।’

बलिउड हंगामाका अनुसार आलियाले यो फिल्ममा छोटो भूमिकाका लागि बलिउडमा सिंगै फिल्म खेले बराबरको पारिश्रमिक पाएकी छन्। उनले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिएको बताइएको छ।

‘बाहुबली’ निर्देशक एसएस राजामौलीले निर्देशन गरेको फिल्ममा आलियासँगै जुनियर एनटिआर, रामचरण, अजय देवगनलगायतको अभिनय छ।

‘आरआरआर’ राजमौलीको निर्देशनमा बनेको पाँच भाषामा प्रदर्शन भइरहेको फिल्म हो। फिल्ममा आलिया र अजय देवगण भएका कारण फिल्मलाई हिन्दी भाषामा पनि बनाइएको थियो। फिल्मले २५ मार्चमा प्रदर्शन भएयता करोडौंको व्यापार गरिरहेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read