Homeमनोरञ्जनसलमानको कार्यक्रममा माला लिम्बूले डान्स गर्ने !

सलमानको कार्यक्रममा माला लिम्बूले डान्स गर्ने !

बलिउड अभिनेता सलमान खानको सांगितिक कार्यक्रममा अभिनेत्री माला लिम्बूले डान्स प्रस्तुत गर्ने भएकी छन् । आउँदो जेठ १४ मा नेपाल आउदैछन् । सलमान नेपाल आउँदा काठमाडौंको मुटु टुडिखेलमा बृहत सांगीतिक कार्यक्रमको आयोजना हुँदै छ ।

उक्त कार्यक्रममा माला लिम्बूले ‘झकास झापाली’ र ‘काले दाइ’मध्ये एक गीतमा आफ्नो प्रस्तुति दिन लागेकी हुन् । मालालाई आयोजक ओडीसी इन्टरटेनमेन्टले प्रस्तुतिका लागि मौखिक सम्झौता गरिसकेको जनाइएको छ ।

प्रस्तुति ‘झकास झापाली’ र ‘काले दाई’ मध्ये एकमा दिने भएपनि कुनमा गर्नेबारे भने टुङ्गो भइसकेको छैन । यद्यपि प्रस्तुतिका लागि भने मौखिक सहमति भइसकेको आयोजक र माला लिम्बूको भनाइ छ ।

सलमान खानलाई नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पनि निमन्त्रणा गरेपछि उनी आउदो जेठ १४ मा आउन लागेका हुन् ।

यसअघि पनि सलमान नेपाल आउने चर्चा थियो । तर कोरोना महामारीका कारण उनी नेपाल आउने कार्यक्रम रद्द भएको थियो ।

सलमानको कार्यक्रममा प्रस्तुति दिन अन्य कलाकारहरुको नाम टुंगो लगाउन बाँकी रहेको आयोजकले जनाएको छ

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read